काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोरोना महामारीको सावधानी अपनाएर आज (सोमवार) कम्पनीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ को वित्तिय विवरणहरु पारित गरिएको र सो आर्थिक बर्ष सम्मको मूनाफाबाट हाल कायम चूक्ता पूँजी रु 2,25,89,31,797.00 को ७ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर र ८ प्रतिशतका दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत) बितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
उल्लेखित बोनश शेयर बितरण प्रक्रिया पूरा गरे पश्चात् कम्पनीको चूक्ता पुंजी ? 2,41,70,57,023.00 हूनेछ ।
कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराइरहेको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागि रहेको सम्बन्धमा समेत शेयरधनीहरुलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।
भएको कम्पनीले जनाएको छ । शेयरधनीहरुका लागि जूम मार्फत् सभामा भाग लिने व्यवस्था मिलाइएको र शेयरधनीको हरुको बाक्लो उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया