महासंघका पदाधिकारी र आइएलओका देशिय निर्देशक बीच भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशिय निर्देशक डा. रिचार्ड हवार्डसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति र उपाध्यक्ष रामचन्द्र संघईले आइएलओका देशीय निर्देशक हवार्डलाई भेटेका हुन् ।

सो भेटघाटमा कोभिड पश्चात नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा विस्तृत छलफल भएको छ । त्यस्तै,सो भेटवार्तामा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आइएलओ बीच हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको र कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटन सहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको बताए ।

त्यस्तै,सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा पनि अध्यक्ष गोल्छाले जानकारी गराएका थिए ।

सो अवसरमा देशिय निर्देशक हवार्डले निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आइएलओ तयार रहेको विश्वास दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?