तुइयो बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया

काठमाडौं । लामो समयदेखि चर्चा चलेको बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तुइएको छ ।

अर्थ मन्त्रालयमा छलफलका लागि पुगेका बैंकका साहुहरुसँग कुरा गर्दै मन्त्रालयले किन चाहियो बैंकलाई ब्रोकर लाइसेन्स ? भन्ने प्रश्न गरेपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया लगभग अन्त्य भएको हो ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफीन) का अध्यक्ष पवन गोल्यान लगायतका पदाधिकारी बैंकलाई ब्रोकर लाइसेन्स दिनका लागि माग गर्न मन्त्रालय पुगेका थिए । बैंकका साहुरुसँग छलफल गर्दै अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठले बैंकलाई ब्रोकर लाईसेन्सको आवश्यता नै नरहेको बताए ।
त्यस्तै,आर्थिक सल्लाहाकार डा.श्रेष्ठले बैंकहरु ३ करोड नेपालीलाई बैंकिङ सेवा दिन केन्द्रि हुन आग्रह गरे । उनले बैंकको काम सहज रुपमा बैकिङ्ग सेवा दिने तर ब्रोकरको काम गर्ने नभएको भन्दै बैंकका साहुहरुलाई फिर्ता पठाइदिएका छन् ।

अर्थमन्त्री पौडेलले डा.श्रेष्ठलाई मध्यस्थता गरिदिन आग्रह गरेका थिए । सोही बमोजिम आर्थिक सल्लाहकार श्रेष्ठले बैंकका साहुसँग छलफल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?