काठमाडौं । भगवान श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो । यस भीषण युद्धमा रावणको मृत्यु त भयो, साथै लंकाको शासन विभीषणलाई दिइयोको थियो ।
रावणको वधपछि आखिर उसको शवलाई के गरियो त ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ ।
रावणको ‘ममी’सँग सम्बन्ध के ?
यो कुराको जवाफ श्रीलंका सरकार र केहि मानिसले भनेका छन् कि, रावणको शव आज पनि धर्तीमा स्थित छ ।
भनिन्छ, रावणको शवलाई ‘ममी’ बनाएर सुरक्षित राखिएको छ । जसरी मिश्रमा पिरामीडमा प्राचिन कालका राजाहरुको शव राख्ने गरिन्थ्यो त्यसैगरि रावणको शव पनि राखिएको छ ।
रावणको मृत्यु पश्चाद् उसलाई जीवित बनाउन सैनिकहरुले धेरै कोशिस गरे पनि सफलता नपाएको बताइन्छ ।
रावणको शवको किन भएन अन्तिम संस्कार ?
भनिन्छ, रावणका सेना आफ्ना प्रिय राजाको शव जलाउन चाहाँदैन थिए । किनभने उनीहरुलाई एकदिन रावण जीवित हुने आश थियो ।
त्यसै कारणले सुरक्षित राख्नको लागि विभिन्न रसायनको प्रयोग गरेरर रावणलाई राखिएको थियो ।
रावणको शव कहाँ छ ?
रागलाको जंगmमा रावणको शव भएको मान्ने गरिन्छ । उक्त ठाउँ घना जंगल रहेको छ । त्यहाँ विभिन्न हिंस्रक जंगली जनावर बस्दछन् ।
त्यहाँ विषालु सर्पहरु रहेको पनि विश्वास गरिन्छ । केही मानिसहरुले भने रावण भएको ठाउँमा उसका खजानाहरु रहेको पनि बताउने गर्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया