कलियुगमा किन मानिसको आयु कम हुन्छ ?

काठमाडौं । जन्मिएपछि मर्नुपर्छ भन्ने हामी सबैलाई थाहा छ तर पनि हामी मृत्युसँग डराईरहेका छौँ । जन्म,मृत्यु ,कर्म आदि लेखिएर नै आएको हुन्छ ।

सत्य,त्रेता,द्धापर युगमा भन्दा कलि युगमा मानिसको आयु कम हुने शास्त्रमा वर्णन गरिएको छ । शास्त्र अनुसार मानिसको आयु घट्ने विभिन्न कारणहरु छन् ।

महाभारतको उद्योग पर्वमा उल्लेख गरिए अनुसार धृतराष्ट्रले बिदुरसँग मानिसको आयु १०० वर्ष भएपनि किन त्यती समय बाच्न सक्दैनन् भनेर प्रश्न गर्दछन् ।

विदुरका अनुसार मानिसको आयु ५ कारणले घट्ने र पूर्ण आयु बाच्न सक्दैन भन्दछन् ।

१. विदुरका अनुसार मानिसको उमेर घटाउने पहिलो कारण घमण्ड हो । घमण्डी मानिसको आयु छोटो हुन्छ । घमण्डी मानिसको मानसिक अवस्था असन्तुलित रहने हुँदा आयु छोटो हुने उल्लेख छ ।

२. जो मानिस धेरै बोल्छ त्यस्ता मानिसको आयु कम हुन्छ । चाहिने भन्दा बढी बोल्ने मानिसको आयु पनि कम हुने शास्त्रमा उल्लेख छ । बढी बोल्ने मानिसको उर्जा क्षय हुने र मानसिकरुपमा पनि तनावमा रहने हुँदा आयु कम हुने विदुरले बताएका छन् ।

३.अत्याधिक क्रोध भएको व्यक्तिको पनि आयु कम हुन्छ । क्रोधले मानिसका ग्रन्थी कमजोर बनाइदिने भएका कारण आयु कम हुने उक्त शास्त्रमा भनिएको छ ।

४. स्वार्थी मानिसको आयु पनि छोटो हुन्छ । लोभ लालच तथा स्वार्थ बढी भएका मानिस सन्तुष्ट र खुशी हुन सक्दैनन् यसकारण उनीहरुको आयु कम हुन्छ ।

५. विश्वास घाती मानिस पनि लामो उमेर बाँच्दैनन् । अरुलाई धोका दिनेको मन अशान्त रहने हुँदा उर्जा नष्ट हुन्छ । यस्ता मानिसको आयु छोटो हुने शास्त्रमा उल्लेख छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?