काठमाडौं । मन्दिर वा पूजाघरमा हामीले घण्टीको प्रयोग गरेको त देखेकै होलाउँ । मन्दिरको द्वारमा वा बाहिर घण्टी झुन्डाइएको हामीले देखेकै छौँ ।
यो प्रचलन प्राचीन काल देखि नै चल्दै आएको छ । विशेष रुपमा घण्टी बजाउँदा वातावरण शुद्ध हुने विश्वास रहेको छ ।
हिन्दू धर्ममा श्रृष्टिको रचनाकालमा ध्वनिलाई महत्वपूर्ण मानिन्छ । ध्वनीबाट नै प्रकाश उत्पत्ति भएको मानिन्छ ।
जब पृथ्वीको उत्पत्ति भयो त्यो बेला घण्टीको ध्वनि नै नादको प्रतिक मानिन्थ्यो । जहाँ घण्टी सधैँ बज्छ त्यहाँको वातावरण पनि शुद्ध हुन्छ ।
साथै नकारात्मक शक्ति हट्ने विश्वास रहेको छ । घण्टीलाई समयको प्रतिक पनि मानिन्छ ।
जब प्रलय कालको समय आउँछ त्यो बेला यसै प्रकारको ध्वनि बज्ने विश्वास छ । स्कन्द पुराणका अनुसार मन्दिरमा घण्टी बजाउनाले सबै पाप नाश हुन्छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया