काठमाडौं । हामीले विभिन्न ठाँउ अनुसारको विशेषता भएका होटलहरु देखेका छौँ । जापानमा रुखमा रेस्टुरेन्ट बनाइएको छ जसको नाम हो ‘नहा हार्बर डिनर’ । यो धेरै मानिसहरुको मन पर्ने रेस्टुरेन्ट हो । रुखमाथि बनेकै कारण विशेष भएको छ ।
यसको बनावटले नै सबैको ध्यान खिच्ने गर्छ । यो जापानमा ओकीनावाको बनयान टाउन शपिङ सेन्टरमा बनेको छ । रेस्टुरेन्टमा खेतका ताजा तरकारीबाट विशेष प्रकारका आइटमहरु बनाउने गर्छन् ।
यो एक आर्किटेक्चरको नमुना हो, जहाँ यो रेस्टुरेन्ट बनेको छ । या जमिनबाट जम्मा २० फिट माथि छ । माथि जानको लागि घुमाईएको सिँढी बनाइएको छ ।
- एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया