ग्लोबल आईएमई बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन

काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।

बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई पुनः अध्यक्षमा चयन गरेको हो । सो साधारणसभाले ढकालको नेतृत्वमा ६ जना नयाँ संचालक समिति चयन गरेको छ ।

सो साधारणसभाले रामबहादुर भण्डारी र क्याविनेट श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद शर्मा, दिपक शर्मा पोखरेल र सुदर्शनकृष्ण श्रेष्ठलाई चयन गरेको बैंकले जनाएको छ ।
ढकाल अध्यक्षमा चयन भएलगत्तै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

बैंकको साधारणसभाले शेयर धनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । जसमा बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?