काठमाडौं । मानिसहरुलाई निन्द्रा लाग्नु र थकाइका कारण झुल्नु स्वभाविक कुरा हो । तर गाउँका सबैजना नै कुरा गर्दा गर्दै निदाउँछन् भन्दा तपाईलाई कस्तो लाग्ला ? काजकिस्तानको एउटा गाउँमा मानिसहरु कुरा गर्दागर्दै निदाउँछन् ।
यस बारेमा वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । काजकिस्तानको कलाची गाउँका मानिसहरु जुन बेला पनि निदाउन सक्दछन् ।
अचम्मको कुरा त के छ भने त्यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन् । कलाची गाउँको यो रहस्य पहिलो पटक सन् २०१० मा पत्ता लागेको थियो ।
त्यो समयमा केही बच्चाहरु अचानक स्कुलमा सुतेको खबर बाहिर आएको थियो । वैज्ञानिकहरुले यसको कारण जान्ने प्रयास गरेपनि नसकेको बताएका छन् ।
केही अनुसन्धानकर्ताहरुले अचानक निन्द्रा लागेर सुत्नुको पछाडि स्लीपिंग डिसअर्डर रहेको बताएका छन् । कलाची गाउँमा युरेनियमका धेरै खानीहरु रहेका छन् ।
युरेनियमबाट निस्किने ग्यासहरुले शरीरमा असर गरेको कारण यस्तो भएको हुनसक्ने कतिपयको बुझाई रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया