हिन्दू धर्मअनुसार गाईलाई लक्ष्मी माता (गौमाता) मानेर पूजा गरिन्छ ।
वैज्ञानिकहरुले गाईलाई एक इमान्दार जनावर मान्ने गरेका छन् । गाईको गहतलाई औषधिका रुपमा प्रयोग गरिन्छ ।
तर, बेलायतमा भने गाईलाई एक डरलाग्दो जनावरका रुपमा लिइन्छ ।
बेलायतमा एक टनभन्दा बढी वजन भएका जनावरले मानिसलाई कुल्चेर या ठक्कर दिएर ज्यान समेत लिने गर्छन् । त्यहाँ पछिल्लो १५ वर्षमा गाईका कारण ७४ जनाको ज्यान गइसकेको छ ।
जसकारण उक्त देशमा गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको छ ।
लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्युटिभको एक तथ्यांकले कुकुरभन्दा गाई खतरनाक भएको बताएको छ । उक्त तथ्यांकमा गाई या अन्य पशुलाई सडकमा नछोड्न पनि अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया