काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । यो त हामी सबैलाई थाहा छ । तर विभिन्न ठाउँमा रहेका मानिसहरुका आ-आफ्नै परम्परा रहेका छन् । जो हामीलाई थाहा छैन ।
एउटा यस्तै परम्पराको बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ ।
भारतको राजस्थानस्थित बुन्दी जिल्लामा माघे संक्रान्तिको दिन अनौठो परम्परा मनाइन्छ ।
त्यहाँ त्यो दिन ४० किलोको फुटबलले म्याच खेल्ने परम्परा रहेको छ । यो परम्परा ७०० वर्ष पुरानो रहेको बताइएको छ । यो खेल राजपूत समाज र गाउँका मानिसको बीचमा हुन्छ ।
यो म्याचमा युवादेखि वृद्ध व्यक्तिले समेत भाग लिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया