काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ‘ओपो ए१५’ सार्वजनिक गरेको छ ।
ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दाबी छ ।
एआई ट्रिपल क्यामेरा र ‘६.५२’ को ठूलो स्क्रिन सुसज्जित ओपो ए१५ले स्पष्ट र सटिक तस्वीर खिच्नुका साथै ठूलो डिस्प्ले मार्फत अभूतपूर्व अनुभवपनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
लामो समयसम्म टिक्ने ब्याट्रीका साथै प्रशस्त संचय क्षमतासहितको ओपो ए१५को डिजाइन प्रयोगकर्तालाई बिना रोकावट फोनको मज्जा लिन सकिने बताइएको छ ।
“उपभोक्ताको मोबाइल लाइफस्टाइलका लागि आवश्यक हरेक फिचर्स उपलब्ध गराउने ओपो ए१५ सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । “ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्वीर खिच्न सक्नुका साथै, यसमा रहेको ६.५२”को ठूलो स्क्रिनमा एचडी+को मज्जा समेत लिन सकिन्छ । फोनले तपाईँका आफन्त र मित्रजन संग निरन्तर सम्पर्कमा रहिरहनपनि उत्तिकै सहयोग गर्नेछ ।”
एआई ट्रिपल क्यामेरा र एआई ब्यूटिफिकेशन
ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै आफ्नो वरपरको विश्वको सटिक तस्वीर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सघाउन यसमा १३एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ । पोटे«ट तस्वीरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरापनि जडान गरिएको छ ।
दैनिकीका पलहरु कैद गर्न ओपो एफ१५मा अझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचर्सले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्न सघाउँछ ।
त्यसैगरी, पोटे«ट बोके फिचरले पोटे«ट तस्वीर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्सपनि उपलब्ध गराउँछ । ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए१५ले एआई सिन ईन्ह्यान्समेन्ट सुविधापनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि(अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्सपनि उपलब्ध गराउँछ ।
ओपो ए१५को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्पपनि उपलब्ध गराउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।
स्लिक डिजाइनका साथ ‘६.५२’ को ठूलो स्क्रिन
गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओपो ए१५मा ८९% स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओपो ए१५को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन् ।
७.९एमएम मोटाई सहितको ए१५मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५ दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।
४२३०एमएएच ब्याट्री क्षमता
तीव्र गतिको कार्य क्षमताका लागि ओपो ए१५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधापनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा(कोर प्रोसेशर सहितको ओपो ए१५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँछ ।
फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचरपनि उपलब्ध गरिएको छ । हाइपरबुस्ट २.१ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथा इन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ ।
मज्जाले एकदिन सहजै टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री जडिट ओपो ए१५मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचरपनि उपलब्ध गरिएको छ । फोनमा औँला वा अनुहारको प्रयोग बाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधिपनि उपलब्ध गरिएको छ ।
कलरओएस ७.२
ओपो ए१५मा विभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ । थ्री(फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्सपनि सपोर्ट गर्छ । साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ(आफ्नो फोनमा लिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचरपनि फोनमा उपलब्ध गरिएको छ ।
बजार उपलब्धता
माघ ५ गतेदेखि ओपोका प्रमुख बिक्रि केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ३जीबी र्याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए१५को बजार मूल्य रु. १८ हजार ५ सय ९० निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया