अर्घाखाँची, १७ असोज ।सन्धिखर्क नगरपालिका, कुर बेंहोरेबाट सोमबार साँझ चितुवाले लगेको बालिका १३ घण्टापछि मृतावस्थामा फेला परेकी छन् ।सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो ।आज बिहान करिब ८ बजे बेंहोरेकोे जंगलमा बालिकाको शव फेला परेको हो । तीन वर्षमा चितुवाको आक्रमणबाट १२ बालबालिकाको ज्यान गइसकेको छ । सो चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रजिअ खिमराज भुसालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया