रेड कार्डको रोचक इतिहास : …अनि रेड कार्ड पाएका खेलाडीले रेफ्री मारिदिए !

काठमाडौं । खेलका दौरान खेलाडीले गर्ने गम्भीर त्रुटीमा देखाइने रेड कार्ड सुन्नेबित्तिकै तपाइले केही अनुमान गर्नुभयो होला । यो यस्तो वजनदार कार्ड हो जसले विश्वका स्टार भनिएका खेलाडिलाई समेत मैदान छोड्न बाध्य बनाउँछ ।

खेललाई निश्चित नियममा बाँधेर राख्नको लागि रेड कार्डलाई पावरफुल कार्डको दर्जा दिइएको हो । हत्तपत्त प्रयोगमा नआउने रेड कार्ड प्रयोगको आफ्नै नियमहरु छन् । खेलका बेला गल्तीको प्रकारअनुसार एल्लो र रेड गरी दुई प्रकारका कार्ड देखाइन्छ ।

रेड कार्ड को सजाय दिनु फुटबलको एक प्रचलित नियम हो । खेलाडीले खराब ट्याकल, फल, हातपात, डि बक्समा फल, डि बक्समा हातले बल छुँदा वा रेफ्रीसँग विवाद गरेमा रेड कार्ड पाउने सम्भावना रहन्छ ।

रेड कार्डका कारण फुटबल जगतमा धेरै घटना पनि भएका छन् । रेड कार्ड देखाएकै कारण रेफ्री भिक्टोर ट्रेजोको मृत्यु भयो । खेलका क्रममा रेड कार्ड देखाएको रिसमा एक खेलाडीले मेक्सिकोमा आफ्नो टाउकोले प्रहार गरी रेफ्रीको हत्या गरेका थिए ।

Mexico police search for Ruben Rivera Vazquez who killed referee after head-butting him | Daily Mail Online

मेक्सिको सिटीबाट झन्डै एक सय २० किलोमिटरको दूरीमा रहेको हिडाल्गो राज्यस्थित तुलानसिंगो शहरमा उक्त घटना भएको थियो ।

मेक्सिकन पत्रिका क्राइटेरिअन हिडाल्गोले जनाएअनुसार खेलाडीले टाउकोले हिर्काएपछि रेफ्री भिक्टोर ट्रेजोको मृत्यु भएको थियो । खेलका क्रममा विपक्षी खेलाडीलाई फल प्रहार गरेपछि रेफ्री ट्रेजोले रुबेन रिभेरा भाज्कुइज नाम गरेका खेलाडीलाई रेड कार्ड देखाएका थिए ।

रेफ्रीले रातो कार्ड देखाएपछि भाज्कुइज निकै क्रुद्ध बनेका थिए । त्यसलगत्तै उनले ट्रेजोको मुखमा लगातार आफ्नो टाउकोले प्रहार गरेका थिए। रेफ्री अचेत भएर भूइँमा लडेपछि ती खेलाडी भागेका थिए ।

Referee killed after being attacked by player he red carded | Sporting News

खेलका क्रममा मैदानमै उपस्थित रहेका प्यारामेडिक्सले ट्रेजोलाई बचाउने प्रयास गरे पनि असफल भएका थिए । तस्वीरमा देखिएअनुसार ट्रेजोको मृत शरीरलाई प्लास्टिकले छोपेर मैदानमै राखिएको थियो ।

त्यस्तै, रोनाल्डिन्होले एसी मिलानबाट खेल्ने क्रममा रेफ्रीले उनलाई रेड कार्ड देखाउँछन् तर लगत्तै रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँछन् । सम्भवत रेफ्री झुक्किएका थिए ।

Ronaldinho, The Only Player On Earth To Change A Red Card To Yellow. Pics!! - Sports - Nigeria

पहेंलो कार्ड देखाउनुपर्ने ठाँउमा रेफ्रीले रेड कार्ड देखाएपछि दर्शकदीर्घामा केही आक्रोश देखिएको थियो ।

हेर्नुहोस् भिडियो : 

जानाजान हाच्छ्यू गरे फुटबल खेलाडीलाई रेड कार्ड !

अब फुटबलमा खेलाडीले जानाजान विपक्षी र रेफ्रीसामू जानाजान हाच्छ्यू गरे भने रेर्ड कार्ड दिइने भएको छ । फुटबलमा नियम बनाउन अन्तर्राष्ट्रिय संस्था आईएफएबीका अनुसार जानाजान हाच्छ्यूलाई अश्लील, आक्रामक र गलत शब्द प्रयोग गरे जस्तै दण्डनीय मानिनेछ ।

What does an English Football referee's yellow card look like after it has been used during a match? - Quora

आईएफएले खेलाडीले जानाजान हाच्छ्यू गरेको हो अथवा प्राकृतिक रूपमा यस्तो गरेको हो, यसबारे निर्णय गर्ने पूरा अधिकार रेफ्रीलाई दिएको छ र यसक्रममा रेफ्रीलाई ठीक निर्णयका लागि सक्दो प्रयास गर्न पनि भनिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीपछि विश्व फुटबलमा आएको यो अर्को परिवर्तन रहेको छ । यो नियमलाई लागू गर्न सबै देशका फुटबल संघलाई पनि भनिएको छ ।

यी चर्चित खेलाडी कसले कति रेड कार्ड पाए ?

  • रोनाल्डो

रोनाल्डोले हालसम्म ११ पटक रेड कार्ड पाएका छन् ।

 

  • मेस्सी

मेस्सीले हालसम्म ३ पटक मात्रै रेड कार्ड पाएका छन् ।

 

  • नेयमार

नेयमारले हालसम्म ३ पटक मात्रै रेड कार्ड पाएका छन् ।

 

  • रामोस

रामोसले हालसम्म २६ पटक रेड कार्ड पाइसकेका छन् ।

तस्वीर गूगल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?