काठमाडौं । लास भेगसको विमानस्थलमा अलास्का एयरलाइन्सको विमानको पखेटामा बस्ने एक पुरुषलाई शनिवार पक्राउ गरिएको छ । विमानस्थलका प्रवक्ताले यसबारे जानकारी दिएका छन् ।
लास भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको १३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी गरिरहेको थियो । त्यति नै बेला विमान चालकले एक व्यक्तिलाई विमानमा चढिरहेको देखे र कन्ट्रोल टावरलाई यसबारे जानकारी दिए, अलास्का एयरलाइन्सले एक वक्तव्यमा भनेको छ ।
लास भेगस महानगरीय प्रहरी विभाग र विमानस्थलका अधिकारीले ती व्यक्तिलाई हिरासतमा लिएको विमानस्थलका प्रवक्ता जो राचेलले सीएनएनलाई भने ।
सोसल मिडियामा प्रकाशित भिडियोका अनुसार ती व्यक्ति विमानको पखेटामा हिँडिरहेको र बसिरहेको देख्न सकिन्छ । त्यसपछि बोइङ ७३७ को विङ्गलेट (विमानको पुछारमा माथितिर चुच्चो परेको उठेको भाग) चढ्नका लागि उनले आफ्नो जुत्ता र मोजा फुकालेको देख्न सकिन्छ ।
प्रहरी अधिकारी पुगेपछि ती व्यक्ति विङ्लेटबाट चिप्लिँदै तल झर्ने कोसिस गरेँ र भुइँमा पछारिए ।
अधिकारीले उनलाई हिरासतमा लिएर उनको स्वास्थ्योपचारका लागि लगेको राचेलले जानकारी दिए ।
उक्त घटना पछि विमानको पूरा परीक्षण गरियो र सबैकुरा सही पाइएपछि विमानलाई उडान भर्ने अनुमति दिइयो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया