काठमाडौं । हामीले बिरालो, मुसा, कुकुर लगायत जनावरले मानिस जस्तै हर्कत गरेको कार्टुन तथा चलचित्रहरुमा मात्रै देखेका होलाउँ तर भारतको एउटा ठाउँमा वास्तवमै यस्तो घटना भएको छ । त्यो हो मुसाले रक्सी पिएको घटना ।
भारतको बिहारमा मुसाले रक्सी पिएको घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटना बिहारको कैमूर जिल्लाको हो । जिल्लामा रक्सीमा प्रतिबन्ध लगाएपछि पनि बजारबाट रक्सी बरामद गरिएको थियो । बरामद गरी नष्ट गर्न भनेर राखिएको रक्सी मुसाले खाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
कैमूरको एउटा गोदाममा सन् २०१६ देखि जफत गरिएको रक्सी राखिएको थियो । एकदिन जफत गरिएको रक्सी नष्ट गर्ने कार्यक्रम थियो । नष्ट गर्ने बेलामा जब हिसाबकिताब भयो १० हजार रुपैयाँको अन्तर पाइयो । त्यसपछि मात्रै थाहा भयो कि १० हजार बराबरको रक्सी मुसाले पिएका रहेछन् ।
जिल्ला प्रशासन कार्यालयले झण्डै ३० लाख भारतीय रुपैयाँ बराबरको ११ हजार लिटर रक्सी नष्ट गरेको थियो । रोलरले थिचेर विभिन्न ब्राण्डका रक्सी नष्ट गरिएको थियो ।
जाँच निरीक्षक प्रदीप कुमारका अनुसार जफत गरिएको रक्सी एउटा गोदाममा राखिएको थियो । उनका अनुसार १० हजार भारतीय रुपैयाँ बराबरको रक्सी मुसाले नष्ट गरेको हो । लिक भएका रक्सीका बोतलबाट मुसाले रकसी पिउने खुलासा भएको हो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया