कुखुराको आक्रमणबाट एक वृद्धाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । अष्ट्रेलियामा कुखुराको भालेले ठुँगेर एक ६७ वर्षीया वृद्धाको ज्यान गएको छ । घरमा पालेको कुखुराले वृद्धाको देब्रे खुट्टामा ठुँग्दा अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कुखुराको टोकाइबाट मानिसको मृत्युजस्तो आश्चर्यजनक घटना भएपछि त्यसबारे अध्ययन गर्न रोग विज्ञहरुको एक टोलीले त्यसको अध्ययन गरेको थियो ।
‘जर्नल फोरेन्सिक साइन्स’ नामको जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको र त्यसपछि अत्याधिक रक्तश्राव भएपछि वृद्धाको मृत्यु भएको उल्लेख छ । अध्ययनका अनुसार रक्तनली फुटेकाले रक्तश्राव रोकिएको थिएन ।

अनुसन्धानका क्रममा वृद्धा उच्च रक्तचाप, रगतमा अत्याधिक मात्रामा बोसो, मधुमेह र रक्तनली सुन्निनेजस्ता समस्याबाट ग्रसित थिइन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?