जन्मदिनको दिन भुलेर पनि गर्दै नगर्नुस् यी काम ! के-के गर्नुपर्छ ?

लोकपथ
0
Shares

काठमाडौं । हरेक मान्छेको वर्षमा एकदिन जन्मदिन पर्छ । प्राय सबैले कुनै न कुनै माध्यमबाट जन्मदिन अर्थात् ‘बर्थ डे सेलिब्रेसन’ गर्छन् । कसैले तिथिको आधारमा जन्मदिन मनाउँछन्, त कसैले तारिखको आधारमा त कसैले जन्ममिति अर्थात् गतेको आधारमा जन्मदिन मनाउँछन् । जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ।

जन्मदिन मनाउँदै गर्दा केहि गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । के हुन् त ति काम जुन जन्मदिनको दिन गर्नुपर्छ र गर्नुहुँदैन ?

हामीमध्ये प्रायजसोले जन्मदिनको दिन इष्टमित्र, साथीभाई बोलाएर खुसियाली आदानप्रदान गर्छौं । पार्टी गर्छौं । यो त ठिक हो तर त्यसबखत हामीले गर्ने नहुने काम पनि गरिरहेका हुन्छौँ। यस्ता कामहरु जुन गर्दा तपाइले जीवनमा धेरै कष्ट व्यहोर्नुपर्ने हुन्छ ।
लोकपथले जन्मदिनको दिन के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्नेबारे केहि जानकारी संकलन गरी यहाँ प्रस्तुत गरेको छ ।

१. नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने काम नगर्नुहोस् : आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो भनि ज्योतिष शास्त्रमा लेखिएको छ। तसर्थ यस्तो काम अर्को दिन गर्दा राम्रो हुन्छ ।

२. हत्या हिंसा गर्नु हुँदैन : जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषतस् जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठूलो भुल हो । जतिसुकै पूजा पाठ गर्नुहोस् धर्मकर्म गर्नुहोस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जीवनमा ठूलो उन्नतिको अपेक्षा राख्दै नराख्नुहोस् । जीवनमा धेरै उतारचढाव आर्इलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो । सकेसम्म अन्य दिनमा पनि यस्तो कर्म नगर्दा राम्रो हुनछ तर जन्मदिनको दिनमा चाहीँ भुलेर पनि यो गल्ति नगर्नुहोस् ।

३. मांसाहारी भोजन नगर्ने : जन्मदिनको दिन तामसी र राजसी भोजन माछा, मासु, अण्डा, वियर र रक्सि सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदै जान्छ । शनि ग्रह बिग्रदै जानु भनेको तपाइको भाग्य बिग्रदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ती नगर्नुहोस् ।

४. तितो वचन नगर्नुहोस् : जन्मदिनको दिन कसैलाई पनि तितो वचन नगर्नुहोस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुहोस् । कसैसँग पनि वादविवाद र झगडा नगर्नुहोस् । सुमधुर बोल्ने प्रयत्न गर्नुहोस् । सकेसम्म त सधै नै सुमुधुर वचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।

यी काम गर्नुहोस् :
दान गर्नुस् जन्मदिनको दिन गरिब दुखीको सेवा गर्नुस् । दान गर्नुहोस् । हत्या हिंसा गर्नु भन्दा नि गरिब दुखीको सेवा गर्नतिर लाग्नुहोस् । तपाइ जन्मदिन भनेर १०० जना आफन्त बोलाएर खुवाउनु भन्दा तिनलाई एक छाक भएपनि खुवानुहोस् जो भोका छन् ।

पूजा पाठ गर्नुहोस् : जन्मदिनको दिन पूजा पाठ र नव ग्रह शान्ति गराउनुहोस् ।

खुशियाली बाढ्नुहोस् : परिवार साथीभाई इष्टमित्र र समाज सबैसँग खुशियाली बाढ्नुहोस् ।

पशु चौपायाको पेट भर्नुहोस् : बाटोमा भोकले थलिएका, लखतरान भएका पशु चौपायालाई कमसेकम खानेकुरा खुवाउनुभयो भने तपाईलाई खुसी मिल्नेछ ।

सकारात्मक सोच कायम राख्नुहोस् :  निश्चय नै केही प्रण गर्नुहोस् ।

जीवनको केहि समिक्षा गरी नयाँ अठोट पनि गर्नुहोस् र पूरा गर्ने प्रतिज्ञा पनि गर्नुहोस्।

सबैप्रति आदर भाव, सम्मान, माया, प्रेम गर्नुहोस् ।

यसअघि प्रकाशित यो पनि पढ्नुहोस् : 

शनिबार : यसकारण गर्नुहोस् शनिदेवको पूजा , दशा कटाउन के गर्ने ? 

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?