काठमाडौं । विश्वमा अमेरिका कडा सुरक्षाका लागि जानिन्छ । हालै मात्र अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ ग्रहण समारोहमा २५ हजार सैनिक तैनाथ गरिएको थियो ।
यसैबीच आज तपाईलाई हामी एउटा यस्तो भवनको बारेमा जानकारी गराउँदैछौ, जुन भवनको सुरक्षामा ३० हजार सैनिक तैनाथ छन् । अमेरिकामा फोर्ट नक्स नामको आर्मीको एक पोस्ट छ ।
जो केन्टुकी राज्यमा छ रयो एक लाख नौ हजार एकडमा फैलिएको छ ।यसलाई विश्वको सबैभन्दा सुरक्षित भवन मध्येको एकमा गनिन्छ ।
फोर्ट नक्स नामको यो भवनको निर्माण १९३२ मा भएको थियो ।
यो भवनलाई चारैतिरबाट घेरिएको छ । यसमा रहेका ढोकाहरुमा एउटै ढोका २२ टनको रहेको छ ।
यो भवनको सुरक्षाका लागि ३० हजार सैनिक तैनाथ गरिएको छ । यसमा ४२ लाख किलो सुन राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया