सावधान ! मिर्गौला ‘फेल’ हुनु अघि देखिन्छन् यस्ता संकेत, जानी राखौँ यी कुराहरु

लोकपथ
0
Shares

काठमाडौं – शरीरमा एवम् रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम मिर्गौला अर्थात् किड्नीले गर्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फोक्सो, कलेजोसँग हुन्छ ।

मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि बिग्रन्छ ।

किड्नीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि।बी।, सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर औषधीहरुको जथाभावी सेवन गर्नु हो । यी आधुनिक औषधिहरुको विषाक्त प्रभावका कारण नै किड्नी र पिसाबसम्बन्धी रोग उत्पन्न हुन्छ ।

यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ ।

मिर्गौलाले आफ्नो जिम्मेवारी आशिंक वा पूरा रुपमा वहन गर्न नसक्नुलाई मिर्गौला बिग्रनु वा मिर्गौला फेल भएको भन्ने गरिन्छ ।

मिर्गौला फेल भएमा वा मिर्गौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर डायलासिस वा मिर्गौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन भने सकिन्छ । मिर्गौलाको प्रत्यारोपणपछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न सक्दछ ।

मिर्गौला फेल हुनुको अर्थ हो -मिर्गौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मिर्गौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन । मिर्गौला फेल हुनु अघिका ७ संकेतहरु यस्ता छन् :

१. पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

२. शरीर सुन्निन थाल्छ, विशेषगरी अनुहारमा यस्तो देखिन्छ।

३. मन स्थिर नहुनु वा वान्ता हुनु ।

४. रक्तचाप अचानक बढ्नु ।

५. निरन्तर रगतको कमी हुँदै जानु ।

६. तौल अचानक कम हुनु ।

७. हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।

मिर्गौला फेल हुनबाट बच्ने ५ उपायहरु यस्ता

१.पर्याप्त पानी पिउनेः

यसले शरिरको टक्सिन फिल्टर भएर निस्किरहन्छ र मिर्गौला स्वस्थ हुन्छ ।

२. चीनी र नुनमाथि नियन्त्रणः

खानामा चीनी र नुन नियन्त्रण गरे रक्तचाप र मधुमेह नियन्त्रणमा रहन्छ । मिर्गौलामा भार पर्दैन जसका कारण मिर्गौला स्वस्थ रहन्छ ।

३. व्यायाम गर्नुहोस्ः

दैनिक आधा घण्टा हिँड्ने र व्यायाम गर्दा रक्तसंचार राम्रो हुन्छ । मिर्गौला पनि स्वस्थ रहन्छ ।

४. स्वस्थ खानेकुरा खानुहोस्ः

हरियो सागपात, गेडागुडी, फलफूल आफ्नो खानेकुरामा समावेश गर्नुहोस् । यसो गर्दा मिर्गौला स्वस्थ रहन्छ ।

५. धुम्रपान, मद्यपानबाट टाढै रहनुहोस्ः

धुम्रपान, मद्यपान, जंक फूडबाट टाढै बस्नुहोस् । यसले मिर्गौलामा टक्सिन जम्मा हुन दिँदैन ।

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ?
मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ।
विशेषगरी अव्यवस्थित जीवनशैली र खानामा असन्तुलनको कारण यस्तो समस्या हुन्छ । मिर्गौलाले शरिरका हानीकारण पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने काम गर्छ ।

मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ । जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा समेत गम्भीर असर पुग्छ । मिर्गौलामा पत्थरी हुनुको निश्चित कारण हुँदैन । हावापानी तथा वातावरणको प्रभावले पनि मिर्गौलामा पत्थरी हुनसक्छ ।

पत्थरीको समस्याबाट बच्न अत्यधिक नुनबाट पनि बच्नुपर्ने हुन्छ । नुनको बढी सेवनले पत्थरी बन्ने प्रक्रिया छिटो हुन जान्छ ।

मोटोपनको समस्या पनि पत्थरीको कारण हो ।

तपाईको परिवारमा कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने तपाईमा पनि पत्थरी हुने सम्भावन हुन्छ ।

कतिपय मानिसले बढी मात्रामा माछा मासु र गेडागुडीको प्रयोग अत्याधिक गर्छन् । जसबाट प्रोटिन प्राप्त हुन्छ । प्रोटिनको बढी प्रयोग पनि पत्थरीको अर्को कारण हो ।

विभिन्न खालका औषधीको सेवनले समेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।

शरिरमा विभिन्न खालका संक्रमणहरु देखिने गर्छन् । बढी मात्रामा संक्रमण देखिन थालेको मिर्गौलामा पत्थरीको समेत सम्भावना हुन्छ ।

मिर्गौलामा पत्थरी पर्नुको अर्को कारण पानीको कम सेवन पनि हो । त्यसैले पर्याप्त पानीको सेवन गर्न जरुरी हुन्छ ।

बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ ।

पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।

पिसाब फेर्न गाह्रो हुनुका साथै पिसाबमा रगतसमेत देखा पर्न थाल्छ ।

मिर्गौलामा पत्थरी भएमा ज्वरो आउने, वाकवाक लााग्ने, वान्ता हुनेलगायतका लक्षण देखिने गर्छन् ।

उपचार
सामान्यतया ५ मिलिमिटरसम्मको पत्थरी भएको अवस्थामा नियमित खानपानमा ध्यान दिएर, आवश्यक मात्रामा पानी पिएर पनि हटाउन सकिन्छ । तर, यो मिर्गौलामा रहेको पत्थरी निस्कन सक्ने अवस्थामा छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ ।

पत्थरीले मिर्गौलालाई कति असर गरेको छ भनी पत्ता लगाइसकेपश्चात् यसको उपचारमा ध्यान दिनुपर्ने हुन्छ । पत्थरीले मिर्गौलालाई असर गरेको छ भने त्यसको आकस्मिक रूपमै उपचार गराउनुपर्छ ।

पत्थरीको प्रक्रिया हेरेर उपचारमा ध्यान दिनुपर्ने हुन्छ । यदि मिर्गौलाको तल्लो कोठामा पत्थरी भएको छ भने बिस्तारै उपचार गर्न सकिन्छ ।

२ सेन्टिमिटरसम्मको पत्थरी बिरामीलाई बेहोस नपारी निकाल्न सकिन्छ । यस्तो विधिलाई पिसिएनएल उपचार विधि भनिन्छ । यो विधिबाट करिब २ घण्टामै उपचार सम्भव छ ।

पत्थरीको उपचारपश्चात् बिरामीले ढुक्क भएर बस्नु हुन्न । उनीहरूले जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
समयसमयमा स्वास्थ्य जाँच गराउनुपर्छ । यसो गर्दा तपाईको स्वास्थ्यमा केहि समस्या भएमा त्यसको बेलैमा उपचार सम्भव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?