कतै तपाई गलत तरीकाले बस्दै त हुनुहुन्न ? निम्तन सक्छ कम्मर दुख्ने समस्या

लोकपथ
0
Shares

काठमाडौं । तपाई कसरी बस्नुहुन्छ ? यदी तपाईको बस्ने तरीका गलत भयो तपाईलाई कम्मर दुख्ने समस्या निम्तन सक्छ । हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५/६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ । धेरैजसो मानिसहरुमा १५ दिनदेखि ३ महिनामा स्तवः यस्तो समस्या ठिक हुन्छ ।

तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ । धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुट्कारा पाउन सकिन्छ ।

किन दुख्छ कम्मर ?

-मांसपेशिहरुमा अत्याधिक तनाव

-अत्याधिक तौल

-गलत तरिकाले बस्नु

-अग्लो हिल भएको जुत्ता लगाउनु

-गलत तरिकाले अत्याधिक गह्रुँगो तौल उठाउनु

-लामो समयसम्म बिरामी हुनु

-अत्याधिक नरम डसनामा सुत्दा

-एकैपटक कडा खाले शारीरिक अभ्यास गर्नु

कम्मर दुखाईबाट बच्ने घरेलु उपायः-
१. ताउलाई आगोको सानो आँचमाथि बसालेर त्यसमाथि ज्वानो हाल्नुहोस् र एकछिन चलाउनुहोस् । त्यो चिसो भएपछि थोरै मुखमा हाल्नुहोस् र बिस्तारै चपाउनुहोस् र निल्नुहोस् । यसको नियमित सेवनले कम्मर दुख्ने समस्या हट्दै जान्छ ।

२. धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् ।

३. नरिवलको तेल तताउनुहोस् र त्यसमा लसुनको तीनचार पोटी हल्का रातो नहुञ्जेलसम्म फुराउनुहोस् । यो तेल मनतातो भएपछि कम्मरमा मालिश गर्नुहोस् । दुखाई कम हुन्छ ।

४. नुन हालेको तातो पानीमा रुमाल हालेर निचोर्नुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुखेको ठाउँमा रुमालले सेक्नुहोस् । कम्मर दुखाईबाट राहत पाउनका लागि यो अचुक उपाय हो।

५. नरम सीट, म्याट्रेस, डनलपमा नबस्नुहोस्, नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ ।

६. योगाले पनि कम्मर दुखाईलाई लाभ गर्छ । कम्मर दुखाईका योगासन योगगुरुको रेखदेखमा नै गर्न आवश्यक छ ।

७. क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस् ।

८. कराईमा दुई तीन चम्चा नुन हालेर त्यसलाई राम्रोसँग तताउनुहोस् । यो नुनलाई अलि मोटो सूतीको कपडामा बाँधेर पोको बनाउनुहोस् । उक्त पोकोले कम्मरमा सेक्नुहोस्, आराम प्रदान गर्दछ ।

९. कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो ।

स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ । साइकल चलाउँदा कम्मर सिधा राख्नुपर्छ । व्यायाम गर्दा मांसपेशीले ताकत पाउँछन् भने यसले तौललाई पनि बढ्न दिँदैन ।

१०. अफिसमा काम गर्दा कहिले पनि ढाडको सहारामा नबस्नुहोस् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?