काठमाडौं । प्राचीन कालदेखि नै गुफा आकर्षणको केन्द्र बन्दै आएको छ ।भनिन्छ कि, आदिमानव पहिला गुफामै बस्दथे । ऋषिमुनीहरु पनि तपस्या गर्नका लागि गुफामै बस्थे ।
आज पनि गुफाले मानिसको आकर्षण तान्ने गर्छ ।
हामी तपाईलाई संसारकै विशाल गुफाको बारेमा जानकारी दिनेछौँ । जुन गुफामा ४० वटा भवन बनाउन सकिन्छ ।सोग डोग जंगलको बीचमा रहेको यो गुफा आठ वर्ष पहिला आम सर्वसाधारणका लागि खोलिएको थियो ।
यो गुफाको लम्बाई ९ किलोमिटर भएको बताइन्छ । यसभित्र १५० फरक फरक गुफाहरु रहेका छन् । मिन्ह नामका व्यक्ति त्यहाँ जाने पर्यटकलाई यसको बारेमा सबै बताउँछन् र देखाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया