होसीयार ! रातमा नगर्नुहोस् यस्ता गल्ती

लोकपथ
301
Shares

काठमाडौं – हामीले जानेर नजानेर कहिलेकाहिँ अनेकन गल्ती गरिरहेका हुन्छौँ । तिनै गल्तीहरुमध्ये एक हो – रातको समयमा गरिने केहि असामान्य व्यवहार । के हुन् त त्यस्ता आनीबानी र व्यवहार ? जसका कारण हामीलाई उन्नतीमा बाधा आईलाग्छ ?

पेट थिचेर सुत्ने बानी :
तपाई कस्तो पोजिसनमा सुत्नुहुन्छ ? सुत्ने पोजिसनका कारण पनि तपाईको शरीरमा अनेकन बाधा व्यबधान आईलाग्न सक्छ । पेट थिचेर सुत्दा तपाईको श्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न गर्छ। त्यस्तै बिजुली चम्कीरको बखत उत्तानो परेर सुत्नु हुँदैन । यस्तो बेला बरु बेलाबेला यताउता फर्केर कोल्टे फर्केर सुत्नुपर्छ । यदी घोप्टो परेर सुत्नुभयो भने तपाईको शरीरका अंगहरुमा प्रत्यक्ष असर पुग्छ र कार्य संचालनमा बाधा पुग्छ। यही कारण अन्य शारीरिक समस्यासँगै अनुहारको चमक पनि हराउँछ।

सिरानी वा ओच्छ्यान फोहोर हुनु : 
तपाईले प्रयोग गर्नुभएको सिरानी फोहोर छ भने त्यसले तपाईको अनुहारको चमक र सिंगो शरीरमा रोगको शिकार गराइरहेको हुनसक्छ । सुत्नका लागि रेशमको सिरानी सबैभन्दा उपयोगी मानिन्छ । त्यसैले ओढ्ने ओच्छ्याउने एकदमै सफा राख्नुपर्छ । वास्तुका अनुसार सुत्ने कोठा फोहोर भएमा तपाईको उन्नतीमा बाधा सिर्जना हुन्छ ।

सुत्नुअघि फोनको प्रयोग : 
के तपाई ओछ्यानमा पल्टेर मोबाईल फोनमा झुण्डिएर बस्नुहुन्छ ? यदी यसो गर्नुहुन्छ भने यसका कारण तपाईको निन्द्रा खलबल्याउने त छँदैछ, अनुहारको चमक पनि हराइदिन्छ । आँखासम्बन्धि समस्या देखि प्रविधीको अनावश्यक प्रयोगका कारण घरमा कलह पनि उत्पन्न हुन्छ । अर्कोतिर मोबाईलबाट आउने प्रकाशको सोझो असरले अनुहारको छालामा हानी पुर्‍याउँने कारण यो बानी आजैबाट त्याग्नुहोस् ।

कपाल फिँजाएर सुत्ने :
यदी राती सुत्दा कपाल खोलेर फिजाउँने बानी छ भने त्यसले कपालमा लट्टा पर्ने, झर्ने, टुक्रिने लगायता समस्याका साथै अनुहारको छालामा समेत असर गर्छ । खासगरी कपालमा लगाइएको तेल एवंम् क्रिमले अनुहारको छालाको रोमछिद्र बन्द गर्न सक्छ। त्यसैले कपाल फिँजाएर सुत्ने बानी त्याग्नुहोस् ।

घुँडा खप्टेर वा चढाएर सुत्ने बानी : घुँडा खप्टेर वा चढाएर सुत्ने बानीका कारण घुँडा दुख्ने समस्या र रक्तसञ्चारमा समस्या आउन सक्छ । बरु खुट्टाको बिचमा तकिया राखेर सुत्नु राम्रो मानिन्छ । रातको समयमा होओस् वा दिउँसो शरीरमा रक्तसञ्चारका लागि खुट्टाको पोजीसनमा एकदमै ध्यान दिनुपर्छ ।

ओछ्यानमा बसेर पढ्ने, काम गर्ने बानी : यदी तपाईको यस्तो बानी छ भने आजै त्याग्नुहोस् । यस्तो बानीका कारण तपाईलाई रातमा मज्जाको निन्द्रा नपर्न सक्छ ।

घर अगाडि भुलेर पनि राख्नुहुन्न यी १० चीज, वास्तुशास्त्र भन्छ – ‘प्रगतिको वाधक’

तपाईले आफ्ना घर अगाडी के कुरा राख्ने के नराख्ने भन्नेबारेमा कहिल्यै हेक्का राख्नुभएको छ ? हामीले जानेर वा नजानेर गरेका यी यस्ता क्रियाकलापले हाम्रो प्रगतिमा समेत वाधा पुर्‍याइरहेको हुन्छ ।

तपाईले भन्नुहोला घरभित्रको सबै कुरा वास्तुशास्त्र अनुसार नै छ । तर त्यसो होईन ।

हामीले घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन् । वास्तु जानकार भन्छन्, ‘वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन् ।’

वास्तुदोषको कारणले शारीरिक कष्ट, आर्थिक व्ययभार , पारिवारिक सम्बन्धमा दरार, परिवारका सदस्यबीच मनमुटाव, अशान्ति निम्त्याउने गर्दछ ।

कतिपय अवस्थामा वास्तुदोषकै कारण मानसिक समस्या समेत निम्तन्छ । के हुन् त ति १० कुरा ? जुन घर आसपासमा हुँनुहुँदैन ।

१. पानी जम्ने स्थान : हुन त यो विषय तपाईले जग्गा खरिद गर्दा नै ध्यान पुर्याउनुपर्छ तर घर बनाईसक्नुभएको छ तर घर अगाडी फोहोर पानी जम्ने स्थान छ भने त्यसलाई तत्काल हटाउनुहोस् ।पानी जम्ने भाग घरको पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने कारणले यस्तो कुरामा विचार पुर्‍याउनुपर्छ ।

२. काँडेतार  : यदी घर अगाडी काँडेतार र काँडाभएको बिरुवा लगाउनुभएको छ भने त्यो वास्तुसम्वत् छैन । यसो हुँदा नकारात्मक शक्ति प्रसार हुनसक्छ । तपाईंका विरोधीको संख्या बढ्ने संभावना रहन्छ । काँडा भएका विरुवाका कारण पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ ।

३. ढुंगा  : घर अगाडी लामो समयसम्म ढुंगा जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ । कुनै काम विशेषका लागि ढुंगा ल्याउनुभएको छ भने तत्काल काम सकि त्यो ढुंगा पन्छाउनुहोस् । वास्तु विज्ञान अनुसार यसरी असरल्ल र भद्रगोल पारेर राख्दा जीवनमा हुने प्रगति रोक्छ ।

४. फोहोर थुपार्न/ डस्टविन : आफ्नो घर अघि अग्रभागमा कहिलयै डस्टबिन देखिने गरी राख्नुहुँदैन । वास्तु विज्ञान अनुसार यसो गर्दा जीवन कष्टप्रद हुन्छ ।

५. बिजुलीको खम्बा : घरको मुख्यद्धारको सम्मुखमा वा घरबाट बाहिर निँस्कदा बिजुलीको खम्बा देखिन्छ भने त्यो अशुभ हुन्छ । यस्तो हुनुलाई वास्तुशास्त्रमा उन्नतिको बाधक मानिन्छ ।

६. रुख : घर अगाडी बाक्लो रुखहरु हुनु वा उजाड रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ । अझ घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ । उजाडिएको रुखले वितृष्णा उत्पन्न गराउनुको साथै मनोबल गिराउँछ ।
७. सडक : वास्तुविज्ञान अनुसार घरको दलानभन्दा घरबाहिरको सडक अग्लो हुनु कष्टकारी मानिन्छ । यसो हुँदा भय, त्रास बढ्छ ।

८. सेतो चोप निस्कने रुख : वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ । तर श्वेटार्क राख्नु शुभ मानिन्छ । नेपाली समाजमा अलि नौलो नाम हो श्वेटार्क । छिटफूट रुपमा कसैको घरमा देखिएपनि प्रायजसो नर्सरीमा यो विरुवा पाईँदैन । गणेशको प्रतीक मानिने यो दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ ।
यसका साथै घरमा मनी प्लान्ट, मनी ट्री , शमी रूख, अश्वगन्धा बोट, श्वेटार्क हुनु राम्रो मानिन्छ । यी बोटविरुवा घरैभित्र रोप्दा पनि लाभदायक मानिन्छ ।

९. जुत्ता चप्पल : घरअगाडी वा तपाईको घरमा प्रवेश गर्ने स्थानमा जुत्ताचप्पल राखिएको छ भने त्यो पनि अशुभ हुन्छ भनिएको छ । त्यसैले घरको मूलढोका अगाडी जुत्ताचप्पल नराख्नुहोस् ।

१०. लुगा सुकाउने /डोरी : घर अगाडीको स्थामा लुगा सुकाउने गर्नु वा डोरी टाँग्नु वास्तुअनुसार राम्रो मानिन्न । सुख शान्ति र समृद्धिका लागि यि कार्य नगर्नु नै बेश हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?