काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २ सय १२ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनायो ।
आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए ।
शाहब आलम २५ रन जोड्दै अविजित रहे ।
सुशन भारी र रोहित पौडेल समान १३र१३ रन जोड्दा आउट भए ।
अनिल मण्डल र बिक्रम शोब समान ११र११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए ।
एपीएफका अविनास बोहोराले २ मेडनसहित २४ रन खर्चिएर ४ विकेट लिए ।
किशोर महतोले २ तथा कमल ऐरी र भुवन कार्कीले १र१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया