काठमाडौं । चीनमा शुक्रवार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रवार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् ।
चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार शुक्रवार मात्र चीनमा कोरोना भाइरसका ५२ जना नयाँ सङ्क्रमित देखिएका र तीमध्ये ३६ जना चीन भित्रै संक्रमित भएका पाइएको छ ।
चीनमा भेटिएका ती ५२ जनामध्ये १६ जना विदेशबाट आएका नागरिक रहेका ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले शनिवार सो जानकारी दिएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय नागरिकहरुबाटै अहिले सङ्क्रमण सर्न थालेकोले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।
सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ । साथै चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । शुक्रवार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।
चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ । शुक्रवार भेटिएकामा हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि संक्रमित भेटिएका छन् । सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया