काठमाडौं । एयरपोर्टलाई सुरक्षाका लागि धेरै राम्रो मानिन्छ ।
किनभने त्यहाँ रहेको हाइ सेक्यूरेटीका कारण कसैलाई त्यहाँबाट निस्किन र संदिग्ध गतिविधि गर्न सजिलो छैन । तर सुरक्षा व्यवस्था भएपनि एक व्यक्ति ३ महिनासम्म त्यहि बस्न सफल भएका छन् ।
उनलाई त्यहाँका सेक्यूरेटीले कहिल्यै सोधपुछ गरेनन् ।
पछि जब यस कुराको पत्ता लाग्यो तब उनलाई पक्राउ गरियो । उनको नाम आदित्य सिंह रहेको छ ।उनी ३६वर्षका रहेका छन् भने उनी १९ अक्टोबरमा लस एन्जेलसकोे फ्लाइटमा एयरपोर्ट पुगेका थिए ।
त्यहाँ एयरलाइन स्टाफले आईडी माग्दा उनले एक ब्याज देखाए । त्यो ब्याज एक अपरेशन म्यानेजरको थियो । जसलाई उनले एयरपोर्टमै भेटेका थिए । त्यसपछि उनी तीन महिनासम्म त्यहिँ बसे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया