काठमाडौं । झापामा अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चुलाचुली गाउँपालिका-३ बस्ने ३८ वर्षीय यम बहादुर थाम्सुहाङ लिम्बुलाई १.८० ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
झापा दमक नगरपालिका-३ स्थित भुटानी शरणार्थी शिविरभित्र लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया