कतारसँगको टि-२० मा ऐरीलाई कप्तानको जिम्मा, टीममा परेनन् ज्ञानेन्द्र मल्ल

लोकपथ
0
Shares

काठमाडौं । कतार भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् ।

नेपालले कतारसँग तीन खेलको टि-२० आई सिरिज खेल्दैछ । ‘कतार स्पोर्ट्स डे’ को अवसरमा कतार क्रिकेट एसोसिएसको निमन्त्रणामा नेपालले तीन टि-२० आई खेलको सिरिज खेल्न लागेको हो । नेपालले पहिलो खेल फेब्रुअरी ९, दोस्रो १० र अन्तिम १२ मा खेल्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि शुक्रवार १८ सदस्यीय टोली घोषणा गरेको थियो । क्यानले घोषणा गरेको टोलीमा नियमित कप्तान ज्ञानेन्द्र मल्ल अटाएका छैनन् ।

ब्याट्सम्यान शरद भेषावकर, स्पिनर वसन्त रेग्मी, पारस खड्का, आरिफ शेख, सुशन भारी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी लगायतका अधिकांश पहिलो रोजाईका खेलाडी कतार भ्रमणमा जाने छैनन् ।

बन्द प्रशिक्षणको लागि बोलाइएका १८ सदस्य टोली :

विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?