भक्तपुरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई बुधवार दिउँसो एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रवार प्राप्त भएपछि खटिएको प्रहरीले बिकासलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?