लगानी गर्ने हो ? सस्तियो कर्जा

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौं – के तपाई लगानी गर्न चाहनुहुन्छ ? त्यसो हो भने आजै जानुस् – ऋण लिन । किन कि यतिबेला बैंकको ऋण सस्तिएको छ । पछिल्लो समय बैंकहरुले ऋण सस्तो बनाएका छन् । यतिबेला बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सो विवरणमा आधिकांश बैंकले आधार दर (वेसरेट) घटाएका छन् ।

संचालनमा रहेका कुल २७ वटा वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकहरुले वेसरेट घटाएका छन् ।

वेसरेट घट्ने वित्तिकै स्वतःबैंकको ब्याजदर घट्छ । कोरोनाका कारण बैंकिङ प्रणालीमा प्रशस्त पैसा भएपछि बैंकहरुले वेसरेट घटाएर लगानी बढाउन खोजिरहेका छन् ।

बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २६ वटै बैंकको ‘बेस रेट’ घटेको छ । बेस रेट घट्दा आम जनताले सस्तो दरमा ऋण प्राप्त गर्न सक्छन् । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको वेसरेट रहेको छ । त्यस्तै, सबैभन्दा बढी वेसरेट सिभिल बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ५.६१ प्रतिशत छ ।

बैंकले वेसरेटमा १ देखि ५ प्रतिशतसम्म कर्जाको प्रकृतिका आधारमा प्रिमियम जोडेर लिन पाउने व्यवस्था छ । त्यसो हुँदा राष्ट्रि वाणिज्य बैंकबाट ऋण लिँदा १०.६१ प्रतिशतमा कर्जा प्राप्त गर्न सकिन्छ । त्यस्तै,कम वेसरेट हुने अर्काे बैंक हो नबिल बैंक । यस बैंकले आफ्ना ग्राहकलाई ५.७६ प्रतिशतको बेसरेटमा कर्जा उपलब्ध गराउन सक्छ । बैंकले यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्दा १०.७६ प्रतिशतमा कर्जा उपलब्ध गराउँन सक्छ । अर्काे कम वेररेट भएको बैंक हो स्ट्यान्डर्ड चार्टर्ड बैंकको ।

यस बैंकको वेसरेट ६.०७ प्रतिशत रहेको छ । त्यस्तै,सरकारी स्वामित्वको अर्काे नेपाल बैंकको वेसरेट ६.१९ प्रतिशत छ ।

यसमा ५ प्रतिशत प्रिमियम जोड्दा नेपाल बैंकले ११.१९ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउन सक्छ ।त्यस्तै,सिटिजन बैंकको बेसरेट ८.२५ र सिभिल बैंकको बेसरेट ८.४५ प्रतिशत छ ।

सिभिल बैंकको बेसरेट भने ८.२५ प्रतिशत, सिटिजन बैंकको ८.२५ प्रतिशत,नेपाल बंगलादेश बैंकको बेसरेट ८ प्रतिशत रहेको छ । त्यसैगरी,नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक,हिमालयन र सानिमा बैंकको बेसरेट ६ देखि ७ प्रतिशतसम्म रहेको छ ।

त्यस्तै प्रभु, सिद्धार्थ,एनममबी, लक्ष्मी, कृषि विकास बैंक,सनराइज, सेञ्चुरी, कुमारी, मेगा, नेपाल एसबीआई, माछापुच्छ्रे बैंक अफ काठमाडौं, प्राइम, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बेसरेट ८ प्रतिशतभन्दा तल रहेको बैंकको वित्तीय विवरणले देखाएको छ । त्यस्तै, एनआईसी एशियाको मात्रै बेसरेट ०.१५ प्रतिशतले बढाएर ६.६५ प्रतिशत पु¥याएको बैंकको वित्तीय विवरणले देखाएको छ ।

समग्रमा बैंकले कर्जा दिँदा कुन रेटमा सम्झौता भएको थियो,त्यसको आधारमा ब्याजदर लिन गरिन्छ । त्यसबेला ऋण लिँदा वेसरेट कति वेसरेट कति थियो,सोही वेसरेटमा कर्जाको प्रकृति हेरेर १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गर्छन् ।

यो कुरा ऋणीलाई तत्काल नभने पनि वेसरेटमा कति प्रिमियम जोडेको हो त्यो राष्ट्र बैंकलाई स्पष्ट रुपमा जानकारी दिनुपर्छ ।

बैंकहरूले हरेक ३÷३ महिनामा वेसरेट परिवर्तन गर्न पाउँछन् । सोही आधारमा कर्जाको ब्याजदर पनि निर्धाण हुने गर्छ । फिक्स रेटमा लामो अवधीका लागि कर्जा लिने ऋणीलाई यसले प्रभाव नपारे पनि छोटो समयमा थोरै थोरै ऋण लिने ऋणीलाई यसले प्रभाव पार्न सक्छ ।

के हो वेसरेट ?
बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै बेस रेट हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न सक्छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ ।

आधार दर भन्दा कममा कुनै पनि बैंक तथा बित्तीय संस्थाले ब्याजदर लिन पाउँदैनन् । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?