सलाहले दुई गोलमा लिभरपुलको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । जर्जिनियो विज्नाल्डमले एक गोल थपे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

Image

खेलको ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले एक गोल फर्काएपनि लिभरपुल ३-१ ले विजयी भयो ।

जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले २१ खेलबाट ४० अंक जोडेको छ । वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?