काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडको अध्यक्षमा मनोज कुमार केडिया नियुक्त भएका छन् । बैंकको माघ १६ गते शुक्रवार बसेको बैंकको सञ्चालक समितिको बैंकले केडियालाई बैंकको अध्यक्षमा सर्वसम्मत नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष केडियाले माघ १८ गते आइतवार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष गभर्नरको कार्यालयमा बैंकको संचालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नवनियुक्त अध्यक्ष केडिया यस अघि पनि २०७३/११/०५ देखि २०७७/१०/१६ सम्म बैंकको संचालक समितिको अध्यक्ष रहँदै आएका थिए ।
उनले केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल प्रा.लि., वृज सिमेन्ट इन्डष्ट्रिज प्रा.लि., अर्घाखाँची सिमेन्ट प्रा.लि., श्री स्टिलस् प्रा.लि., एशियन कनक्रेटो प्रा.लि., वृज ग्लास इन्डष्ट्रिज प्रा.लि., केडिया इन्भेष्टमेन्ट कर्पोरेशन प्रा.लि. लगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध संचालकको रुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया