काठमाडौं । बार्सिलोनाका स्टार मेस्सीले बार्सिलोनाका लागि ६ सय ५० गोल पूरा गरेका छन् । आइतवार राति एथ्लेटिक बिल्बाओसँगको खेलमा गोल गरेसँगै उनले बार्सिलोनाका लागि ६ सय ५० गोल पूरा गरेका हुन् ।
घरेलु मैदानमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस गोलसँगै मेस्सी बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा गरे ।
खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । खेलको ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलमा ४० अंक जोडेको छ । बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया