कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको सोमवार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिनेछ ।

कोरोना महामारीका कारण बैशाखमा हुने भनिएको १२ को परीक्षा ९ मंसिरबाट शुरु भएको थियो । परीक्षामा देशभरबाट ४ लाख बढी विद्यार्थीहरु सहभागी रहेका थिए ।

कोरोना महामारीलाई मध्यनजर गर्दै बोर्डले जम्मा ४० प्रतिशत अंकका लािग मात्र परीक्षा लिएको थियो । भने बाँकी ६० प्रतिशत अंक भने कक्षा ११ बाट ४० र कक्षा १२ को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको हो ।

बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६९१६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?