काठमाडौं । बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यबिनायक नगरपालिका-६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका-७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।
गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनेर बिश्वास दिलाई ग्याल्छेन र बीर बहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीर बहादुरलाई शुक्रवार र ग्याल्छेनलाई शनिवार पक्राउ गरेको हो ।
पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया