चौदण्डीगढीको पोस्टमा वर्षिएको २२ गोल, स्ट्राइकरलाई गोलपोस्टको जिम्मेवारी दिएपछि…

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सोमवार उदयपुरको चौदण्डीगढी नगरपालिकाको पोस्टमा साविक विजेता एपीएफले २२ गोल गर्‍यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । सावित्रा राष्ट्रिय टिमका मुख्य खेलाडी हुन् ।

तर किन चौदण्डीले यस्तो लज्जास्पद हार व्यहोर्यो त ?

एपीएफविरुद्ध चौदण्डीले स्ट्राइकर अन्जना थुलुङलाई गोलपोस्टको जिम्मेवारी दिएको थियो ।

नियमित सहित ३ गोलरक्षक घाइते भएपछि चौदण्डीका प्रशिक्षक दिपक थापाले स्ट्राइकर अन्जनालाई गोलपोस्ट सम्हाल्ने जिम्मेवारी दिएका थिए ।

जसको कारण पनि एपीएफलाई चौदण्डीको पोस्टमा गोलको वर्षा गर्न सहज भयो ।

‘प्लेईङ सेटका खेलाडी घाइते छन् । स्ट्राइकरलाई गोलरक्षकको भूमिका दिनु पर्यो । फर्वाडबाट आएर पनि उनले राम्रो खेल्यो,’ प्रशिक्षक दिपकले भने ।

अन्जना टिमका मुख्य फरवार्ड हुन् । नियमित सहित ३ गोलरक्षक घाइते भएपछि स्ट्राइकर अन्जनाले गोलपोस्ट सम्हालेको र आफुले सकेको गोल रक्षा गरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?