काठमाडौं । एभरेष्ट बैंकले १०१ औं नयाँ शाखा धादिङको धार्केमा बिस्तार गरेको छ ।
फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्दै यस बैंकले धादिङको धुनिबेसी नगरपालिकास्थित धार्केमा नयाँ शाखा विस्तार गरेको हो ।
राजमार्गसँगै रहेको बैंकको शाखामा २४ घन्टा एटीएम सेवा सञ्चालन हुने पनि बैंकले जानकारी दिएको छ ।
अब धार्के तथा आसपासका बासिन्दाले नयाँ शाखामार्फत आधुनिक पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पुर्याउने प्रयास स्वरुप यस बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया