काठमाडौं । नेपालमा अहिलेसम्म कुल १ लाख २८ हजार ६५० जना मानिसले कोरोना विरुद्धको खोप लगाउका छन् ।
स्वास्थ्य मन्त्रालयले निकालेको एक विज्ञप्तिका अनुसार नेपालमा आज बेलुका ४ बजेसम्मको तथ्यांकका अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।
जसमध्ये प्रदेश १ मा १७, २८७, प्रदेश २ मा १६ हजार १७३, वागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकीमा १६ हजार २७०, लुम्बिनमिा १७ हजार ९७९, कर्णालीमा ६,६६० र सुदूपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले भ्याक्सिन लगाउका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया