नेयमारले अझै चार वर्ष पीएसजीबाटै खेल्ने

लोकपथ
0
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले पीएसजी सँगको सम्झौता नवीकरण गर्ने भएका छन् । नेयमारले पीएसजीसँग थप चार वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गर्ने भएका हुन् ।

गोल डटकमका अनुसार नेयमार र पीएसजीबीच नवीकरणको औपचारिक सम्झौता मात्र बाँकी रहेको छ ।

सम्झौता अनुसार नेयमार सन् २०२६ सम्म पीएसजीमा रहने छन् । २८ वर्षीय फरवार्ड नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।

चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?