शरिर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । मोरङमा अपहरण तथा शरिर बन्धक र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी उर्लाबारी नगरपालिका-५ मधुमल्ला रोड बस्ने सुसन भन्ने ३४ वर्षीय राजेश्वर लिम्बुलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाबाट २०७३ माघ ५ गतेको फैसलाले उक्त मुद्दामा ९ वर्ष १५ दिन कैद र ७८ हजार ८ सय जरिवाना ठहर भई फरार भएका लिम्बुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उर्लाबारी नगरपालिका-४ आईतबारेबाट पक्राउ गेरको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत झापामा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?