जाडोयाममा आहारविहार : के खाने के नखाने ? केही कुरा ‘फलो’ गर्ने कि !

लोकपथ
0
Shares

काठमाडौं – जाडो झनै बढेको छ । यस्तो बेलामा साबिकको भनदा सुपाच्य सन्तुलित र पोषिलो खानेकुरा खान चिकित्सकले सुझाएका छन् ।

सन्तुलित अहारविहार, राम्रो दिनचर्या र सकारात्मक सोचका कारण मानिसको जीवन सफल र फलदायी हुने हाम्रा पुर्खाले नै सिकाएको सन्देश हो ।

नभूलौँ – स्वस्थ्य जीवनको तीन सूत्र ‘उचित आहारबिहार र सकारात्मक विचार’ नै हो ।

सुत्ने र उठ्ने समय तालिका निर्धारण गरौं ।

घाम अस्ताउनुअघि खाना खाने बानी बसालौँ

रात्रीकालिन खानाको तीन घण्टापछि सुत्ने गरौँ

प्रविधीको उचित उपयोग गरौँ

खाना खाइसकेपछि केहि क्षण टहल्ने बानी राम्रो भएकोले सुत्नुअघि हल्का व्यायाम गरौँ ।

एउटा प्रचलित लोकोक्ति नै छ बिहानको खाना आफूलाई, मध्यान्हको खाना साथीलाई र रातीको शत्रुलाई । अर्थात् बिहानको खाना अर्थात् ब्रेकफास्ट शरीरको लागि खति आवश्यक हुन्छ । दिनभरका लागि शरीरलाई उर्जा प्रदान गर्ने भएकोले स्वस्थ्य किसीमको ब्रेकफास्ट लिनु जरुरी छ । तर दिन ढ्ल्दै जाँदा खाना क्रमस घटाउदै लैजानुपर्छ । रातको खाना घाम छँदै एकदमै हल्का र सुपाच्य हुनुपर्छ । यस किसिमको खाने शैली पच्छ्याउनुभयो भने एकदमै स्वास्थ्यकर मानिन्छ।

जाडोमा खानुहोस् यी खानेकुरा :
शरीरलाई प्रशस्त मात्रामा क्यालोरी चाहिन्छ । त्यसैले यसको हेक्का राख्नुहोस् ।
जाडोमा कम क्यालोरीयुक्त खानाको साथै कम फ्याट भएको खाना खानुपर्छ ।
सुपर ब्रेकफास्ट रोटी, स्यान्डविच, फलफूल, एक गिलास तातो दुध, एक प्लेट एक्सट्रा फलफूल वा सलाद लिन सकिन्छ ।

हरियो तरकारी, रोटी, ताजा दही वा मही, बोक्रासँगै भएको दाल र भात, दालको तातो सूप, धनियाँको हरियो चटनी खान सकिन्छ ।

रातको खाना सकेसम्म छिटो खाने बानी बसाल्नुहोस् । सुत्नु अघि, एक गिलास तातो दुधमा बेसार, नुन र अदुवाको पेस्ट मिक्स गरेर पिउनुहोस् ।

यी खानेकुरा :
च्याउः च्याउले तपाईंको इम्युन सिस्टम रोग प्रतिरोधात्मक क्ष्मतालाई बढाउने काम गर्दछ ।

लसुनः बहुगुणी लसुन भान्साको राजा हो । जाडोमा यसको प्रयोग निकै राम्रो मानिन्छ ।

कुखुराको मासुको सुपः जाडोमा चिकन सुपलाई निकै राम्रो मानिन्छ ।

मरिचः रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

अदुवाः जाडोमा एक टुक्रा अदुवा वा अदुवा हालेको चिया पिउँदा निकै फाईदा हुन्छ ।

गाँजरः शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने भएकोले गाँजरलाई निकै उपयोगी खानेकुराको रुपमा लिईन्छ ।

हर्बल टी : चिसो मौसममा हर्बल टी, ग्रिन टि तातो पानी पिउनुपर्छ ।

दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दही चाहिँ नखानुहोला

ज्वानो जिरा :  भान्सामा पाईने ज्वानो जिरालाई मुखमा राखेर चुस्दा पनि निकै फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?