काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । बुधवार राति भएको खेलमा सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बर्नलीको मैदानमा जिससले तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै सिटीले लिगमा ३ अंकको अग्रता बनाएको छ । सिटीले २१ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ४४ अंक रहेको छ ।
बर्नली २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया