काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले शाकाहारी आन्दोलनले हुँदैन भनि दिएको अभिव्यक्तिको विरोध गरेका छन् । केही अघि प्रचण्डले अब ननभेज आन्दोलनले नहुँने भन्दै अभिव्यक्ति दिएकोमा ओलीले त्यसको जवाफदिँदै शुक्रवारको जनसभामा भने, ‘ साकाहारी आन्दोलनले हुँदैन रे ।
शाकाहारीले हुँदैन भनेको चिकन चिन्ल्ली खान्छु भनेको हो ?’ उनले प्रचण्डको नामै नलिइ उनले नरभक्षी आन्दोलन गर्न खोजेका आरोप लगाउँदै नरभक्षी अन्दोलनको दिन सकिएके बताए । उनले भने, ‘अब कसैले हिंसा मच्चाउन सक्दैन। नेपाल अशान्ति र हंिसाको भूमरीमा जान सक्दैन ।’
ओलीले हिजोको आम हड्तालका क्रममा ट्याक्सी जलाउने काम भएको भन्दै आक्रोश पोख्दै ट्याक्सी जल्नेलाई सरकारले क्षतिपूर्ति दिने बताए ।
‘सरकारले क्षतिपूति दिन्छ । बिमा होला बिमाले दिन्छ । बिमाले नगरेको खण्डमा सरकारले गर्छ’, उनले भने, ‘गरीबलाई हेर्ने र गरीबलाई माया गर्ने सरकार छ । शान्तिका लागि लड्ने सरकार छ ।’ उनले ट्याक्सी चालकलाई प्रचण्ड पक्षले जिउँदै जलाउने प्रयास गरेको आरोप समेत लगाए ।
यस्तै आजको जनसभालाई बिथोल्न प्रचण्ड–नेपाल पक्षले प्रयास गरेको पनि उनको दावी थियो । तपाईहरुलाई यहाँ आउन नदिनका लागि नेपाल बन्द गरे । तर्साउन खोजियो । आज बाटामा खाल्डाहरु खनिए । कतिपय ठाउँमा बम राखेर किसनका मुला फ्याकिए ।
तरकारी फु्याकियो । गरीब ट्याक्सीवालाई पेटो ल खन्याएर धन्न बाँचे बिचरा सर्वसाधारा वादी पार्टी गरिब डाइबर जलाउन खोज्ने सर्वहारा पार्टी । उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया