रुकुम । रुकुममा चट्याङ्गमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसीकोट नगरपालिका ६, गवारीका ४२ वर्षीय भीमबहादुर बोहरा रहेका छन् ।
हिजो (शुक्रवार) राति भएको घटनामा बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको प्रहरी ले जनाएको छ । प्रहरीका अनुसार घाइते सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया