गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति ।
रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती ।।
-कवि शिरोमणि लेखनाथ पौड्याल
सूक्तिसिन्धु कविता संग्रहको विवाद बनाईएको एक काब्यांश
प्रातः भएछ कि सखी चिडिया कराए,
श्रीसूर्यले अरुणकान्ति पनि फिँजाए,
ताराहरु गगन मण्डलमा हराए,
प्यारी उठौँ कि अब ता कुखुरा कराए ।
(वि.सं. १९७४ मा यो कविताले सेना र दरबारका युवतीको मानसिकता भड्काउने र यौन अराजकता फैलाउने भनी चन्द्र शम्शेरलाई कुरा लगाएर कविहरुलाई दण्ड सँजाय गरिएको सूक्तिसिन्धु पर्व ।)
चिन्ताले जिवितलाई जलाउँछ, जसरी चिताले निर्जिबलाई ।
(चिन्ता दहति जीवितम् चिता दहति निर्जीवम् यथा)
चाणक्य नीति—
अन्यायोपार्जितं द्रब्यं
दशवर्षाणी तिष्ठति
प्राप्ते चैकादशे वर्षे
समूलं च विनश्यति ।
(अर्थ : अन्याय गरेर आर्जन गरेको सम्पत्ती १० वर्षसम्म टिक्छ । एघारौँ वर्ष लागेपछि त्यो सम्पत्ती सम्पूर्ण नष्ट हुन्छ ।)
बाल्मिकी रामायण—
सुलभाः पुरुषा राजन् सततं प्रियवादिनः ।
अप्रियस्य च पथ्यस्य वक्ता श्रोता च दुर्लभः ।।
(अर्थ : महाराज, सुन्दा निरन्तर प्रिय लाग्नेगरी बोल्ने मानिस सजिलै भेटिन्छन् । सुन्दा अप्रिय तर परिणाममा हितकर हुनेगरी बोल्ने र सुन्ने मानिस भने बिरलै हुन्छन् । सन्दर्भ : अपहरित सीतालाई ससम्मान फर्काउन र रामसँग युद्ध नगर्न रावणलाई सम्झाउँदै रावणको भाई विभीषणको सुझाब) ।
संघ गीता—
विदुषां शास्त्रतः शक्तिः
वीराण सा च शस्त्रतः ।
धन त्रमादितोऽन्येषां
शक्तिः सर्वस्व संघतः ।।
(अर्थ : विद्वानहरू जुन शक्ति शास्त्रहरूबाट प्राप्त गर्नसक्छन्, त्यही शक्ति वीरहरूलाई शस्त्रबाट प्राप्त हुन्छ । अन्य (सामान्य) मानिसहरू त्यही शक्ति धन र श्रमबाट प्राप्त गर्ने गर्छन् । तर संगठनहरूबाट यी समस्त शक्तिहरू सबैलाई प्राप्त हुन्छन् ।)
नीतिश्लोक—
अश्वं नैव गजं नैव सिंहं नैव च नैवच ।
अजापुत्र बलिंदधात् देवी दुर्बल घातकः ।।
(अर्थः घोडा होइन, हात्ती वा सिंहको पनि होइन, अपितु बाख्राको पाठोको बली खाएर देवी पनि दुर्बलकै घात गर्छिन् ।)
सन्त कबिर लेख्छन्—
बुरा जो खोजन् मैँ चला,
बुरा न मिलिया कोय ।
जो दिल देखा अपना,
मुझ सा बुरा न कोय ।
(अर्थ : संसारमा नराम्रो मान्छे खोज्न भनेर म हिँडे, नराम्रो कोही भेटिन । जब मैले आपैmभित्र हेरेँ, मभन्दा नराम्रो कोही देखिन ।)
नीतिश्लोक—
काकः कृष्णः पिकः कृष्णः को भेद पिक काकयो ।
प्राप्ते वसन्तकाले तु काकः काकः पिकः पिकः ।।
(अर्थ : काग कालो कोइली कालो कसरी भेद जान्ने हो,
वसन्तऋतु आउँदा छुट्टिन्छ काग वा कोइली कुन हो ।)
जेलमै प्राण उत्सर्ग गरेका ‘प्रथम साहित्यकार सहिद’ सुब्बा कृष्णलाल (‘मकैको खेती’का लेखक) ले बि.सं. १९७८ मा जेलभित्र प्रजातन्त्रको पक्षमा यो काब्यांश लेखेका थिए—
संसारमा कीर्ति छ धेर ठूलो ।
कीर्तिबिना बन्दछ जीव लूलो ।।
संसार छाडे पनि हेर क्वै दिन,
आउने छ यौटा जनतन्त्रको दिन ।।
ऋग्वेद् : १२-१९१. १ मा उल्लेखित आह्वान—
संगच्छध्वं संवदध्वं, सं वो मनांसिजानताम् ।
देवा भागं यथा पूर्वे सञ्जनाना उपासते ।
(अर्थ :जसरी देवताहरूले सहमतिमा बलिदानको हिस्सा स्वीकार गरे, त्यसैगरी हामी पनि सँगै हिडौँ, सँगै बोलौँ र एक अर्कालाई समान रुपले बुझौँ ।
+++
१. इश्वरको रक्षाको अर्थ : न हस्ते यष्टिमादाय देवाः रक्षन्ति साधकम्,
यं तु रक्षितुमिच्छन्ति सुबुध्या योजन्ति तम् ।
अर्थ : भगवानले कसैलाई रक्षा गर्छन् भन्नाको तात्पर्य लठ्ठी लिएर सुरक्षा दिएर होइन, बुद्धि दिएर हो ।
२. अल्बर्ट आइन्स्टाइन भन्छन् : समस्या खडा गर्ने मानसिकता नछोडी समाधान फेला पर्न सक्दैन ।
३. छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै पहिले ४७ दिन र पछिल्लो पटक ३३३ आमरण अनशन बसेर प्राण त्यागेका बाबु नन्दप्रसाद र अनशनरत आमा गंगामायाको गोरखा, फुजेलस्थित उपेक्षित घरको ढोकामाथि लेखेको एक वाक्यांश ‘अल्पकालीन जीवनको दीर्घकालीन सम्झना— के.पी.’
४. नीतिसूक्त : दुराचारीको कुल, मूर्खको रुप, अयोग्यको विद्या र भोग नगरिएको (लोभीको) कन छिटै नाश हुन्छन् ।
५. चाणक्य नीति :आत्मवर्ग परित्यज्य परवर्ग समाश्रयोत् ।
स्वयमेव लयं याति यथा राज्यधर्मतः ।।
अर्थ : जसरी आफ्नो देशसँग द्रोह गरेर अर्को देशसँग मिल्ने व्यक्तिको सर्वनाश अवश्यंभावी छ, त्यस्तै न्याय र कानुनी व्यवस्था नभएको मुलुकको पनि नाश निश्चित छ ।
६. नीति विचार : परमेश्वरले सूनमा सुगन्ध, उखुमा फल, श्रीखण्डमा पूmल र विद्वानलाई धनमा ठगेर सृष्टिका ४ कमजोरी देखाए ।
७. चिनिया परम्परागत उपदेश : एक वर्षपछिको कुरा सोचेर धान रोप्नु । १० वर्षपछिको दृष्टिकोण राखेर रुख रोप्नु । सय वर्षपछिको सोच राख्ने हो भने जनतालाई शिक्षा दिनु ।
८. हो चि–मिन्हले भने : इमानदारले सामना गर्छ, गद्दारले विश्वासघात गर्छ, वीरले संघर्ष गर्छ, डरछेरुवाले घुँडा टेक्छ ।
९. लिम्बु समुदायले मान्ने ‘मुन्धुम’ धर्मको मान्यता : ध्यानबाट मन शुद्ध, दानबाट धन शुद्ध, सेवा गरे तन शुद्ध, तीर्थबाट आत्मा शुद्ध, त्यागबाट कर्म शुद्ध हुन्छ ।
१०. जोन एफ केन्नेडीले भने : ‘सम्झौता गर्न नडराऔँ, तर डराएर सम्झौता नगरौँ ।’
११. कवि रोबर्ट फ्रस्ट भन्छन् : ‘सुन्दर र शक्तिशाली कविताको दोष के हो भने त्यो अर्को भाषामा अनुवाद नै हुँनै सक्दैन । अनुवाद भइसक्दा त्यो कविता नै रहँदैन ।
१२. महात्मा गान्धीले भने : ‘मलाई तिम्रा क्राइष्ट मन पर्छ, तर तिम्रा क्रिश्चियन मन पर्दैन, तिम्रा क्रिश्चियन तिम्रा क्राइष्टभन्दा बिल्कुल फरक छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया