काठमाडौं । अमेरिकामा ३८ वर्षका ब्रेडको घाटीमा एयरपोड अड्कियो । शीर दुखेपछि ती व्यक्ति अस्पताल गए । त्यहाँ गएर एक्सरे गर्दा एयरपोड फूड पाइपमा अट्किएको पत्ता लाग्यो ।
डाक्टरले एण्डोस्कोपीको माध्यमबाट एयरपोड निकालेका हुन् ।
ब्रेडका अनुसार उनी बिहान उठेपछि उनी पानीले कुल्ला गर्न थाले । तर उनलाई त्यसो गर्दा केहि समस्या भएन । मात्र शीरमा दुखेको थियो । उनले एयरपोड खोजे, तर मिलेन र परिवारलाई सोधे ।
परिवारले मजाक गर्दै भने, ‘तिम्रो टाउको दुखेको भनेको होइन, निल्यौ कि ?’ उनले सर्जरीको माध्यमबाट सहजै एयरपोड निकालेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया