थकाई लागिरहन्छ ? सावधान ! ‘पानीको कमीसँगै हुनसक्छ यी कारण

लोकपथ
0
Shares

काठमाडौं – तपाई कत्तिको पानी पिउनुहुनछ ?  व्यस्त जीवनशैलीको कारण तपाईले प्रशस्त पानी पिउनुभएको छ कि छैन ? हुन पनि हो – आजकाल मानिसहरु निकै व्यस्त छन् । जसले गर्दा उनीहरु आफ्नो स्वास्थ्यलाई राम्ररी ध्यान समेत दिँदैनन् । तपाईलाई थाहा छ ? प्रशस्त पानी नपिउनाले स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।अध्ययनअनुसार प्रशस्त पानी नपिउनाले थकाई लागिरहने समस्या उत्पन्न गराउँछ ।

तपाई को कामको प्रभावकारीता घटाइरहेको हुनसक्छ । प्रशस्त निन्द्राको बाबजुत राम्रो खानपान गर्दागर्दै पनि निन्द्रा लाग्ने, झुम्म हुने, थकित महसुस गर्ने, हाई आउने, शरीरमा आलस्यता हुने भइरहेको छ भने थाहा पाउनुस् – तपाईको शरीरमा पानीको मात्रा पुगेन ।

यसबाहेक यी हुन सक्छन् कारण : 

आइरनको कमी : रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रशस्त मात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुस् ।

ब्रेकफास्ट  : ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरीनै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ । त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

अनियमित ब्यायाम :   यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

काममा लोड : कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।

मन आत्तिनु :  यदी तपाईको मन स्थिर छैन भने तपाईको मनमा अनेक कुरा खेल्छ । यसकारण तपाईलाई खान मन लाग्दैन । अनि थकान महशुस हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?