काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग भिड्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डी भिड्ने छन् । दुई टोलीबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ ।
एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अंक जोडेको छ । यस अघिको खेलमा एपीएफले चौदण्डीलाई २२-० ले पराजित गरेको थियो ।
उक्त खेलमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी थिइन् । चौदण्डी एपीएफसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
चौदण्डीले अघिल्ला ६ खेलमा हार व्यहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया