काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोममा ‘डिलर दाईको डिस्काउन्ट’ सञ्चालन गरेको अफर अन्तर्गत हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् ।
त्यस्तै अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् । जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएको कम्पनीले जनाएको छ । २०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिन मात्र वाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्ने ग्राहकहरु यो योजनाको अन्तिम लक्की ‘ड्र’मा सहभागि हुन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘डिलर दाईको डिस्काउण्ट’ योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । यद्यपी डिस्काउण्ट अफर भने कायम नै रहने कम्पनीले जनाएको छ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ ।
Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया