काठमाडौं । गोरखामा कक्षा १ मा अध्ययनरत ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बलात्कारको आरोपमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलवार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिए पछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख (एसपी) सुरेन्द्र बाहादुर गुरुङले लोकपथलाई जनाकारी दिए ।
गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको एसपी गुरुङले जनाकारी दिए । उक्त किशोरलाई प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया